वैशाखमा गणेशमान स्मृति बुद्धिचाल हुने

8

काठमाडौं । नवौँ राष्ट्रिय खुला गणेशमान सिंह स्मृति बुद्धिचाल प्रतियोगिता वैशाख १४ देखि १९ गतेसम्म हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा हुने प्रतियोगितामा ३४ जना राष्ट्रिय खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेतालाई सलुटो यामाहा मोटरसाइकल तथा उपविजेतालाई ८० हजार र तेस्रो हुने खेलाडीलाई ५० हजार रुपियाँ प्रदान गरिने प्रतियोगिताका संयोजक राजु ताम्राकारले जानकारी  दिनुभयो । प्रतियोगिताका खेलहरु लिग कम नकआउटका आधारमा खेलाइने छ ।

सात चरणको लिग खेलपछि शीर्ष चार खेलाडी सुपर नकआउटमा प्रवेश गर्नेछन् । बाँकी खेलाडी लिगको पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । सुपर लिगमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

यस्तै महिला तर्फको विजेतालाई १० हजार, उपविजेतालाई आठ हजार तथा उत्कृष्ट भेट्रान, उत्कृष्ट रेटेडसँगै यू–१९ विधामा पहिलोलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने संयोजक ताम्राकारले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here