च्याटबोट ग्रोक–१.५ उपलब्ध हुने

5

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्टार्ट अप कम्पनी एक्सएआईको पछिल्लो च्याटबोट ग्रोक–१.५ आगामी हप्तादेखि प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।

माइक्रो ब्लगिङ वेबसाइट एक्समा आगामी हप्तादेखि च्याटबोट उपलब्ध हुने मस्कले शुक्रबार एक्समा एउटा पोष्ट गर्दै भनेका हुन् । ग्रोक–१.५ च्याटबोट ग्रोकको परिष्कृत संस्करण हो । एक्सएआईले जारी गरेको विज्ञप्तिका अनुसार ग्रोकका विद्यमान प्रयोगकर्ता र टेष्टरहरूमाझ यसलाई सुरुमा उपलब्ध गराइनेछ ।

एआईलाई मनव जगतको हितमा प्रयोग गर्ने च्याट जीपीटीको मिसन थियो । तर यो मिसन त्यागेर मुनाफा कमाउनतिर लागेको भन्दै यो महिनाको सुरुमा मस्कले ओपनएआईमाथि मुद्दा दायर गरेका थिए । यसपछि मस्कले एक्सएआईले ग्रोकलाई ओपन सोर्स गर्ने बताएका थिए । ओपनएआई मस्कले स्थापना गरेको कम्पनीको हो ।  च्याटजीपीटीबाट बाहिरिएपछि अल्फाबेटको गुगल र ओपनएआईसँग प्रतिस्पर्धा गर्न उनले गएको वर्ष एक्सएआई लन्च गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here