रामदेव र बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित

14

काठमाडौं । योग गुरू बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित भएका छन् ।

पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उनीहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सर्वोच्चले उनीहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन समेत भनेको छ ।

पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ ।

पतञ्जलीले गत महिना उक्त विषयमा माफी मागे पनि अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन् ।

रामदेवका वकिलले भनेका छन्, ‘हामी माफी माग्न चाहन्छौं र अदालतले जे भन्छ त्यही गर्न तयार छौं ।’

सर्वोच्च अदालतले २७ फेब्रुअरीमा पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।

साथै सर्वोच्चले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गरेको थियो । सर्वोच्चले भनेको थियो, ‘ केन्द्र सरकारले पतञ्जलीमाथि कारबाही नगर्नू दुर्भाग्यपूर्ण हो। सरकारले यस मामिलामा तुरून्तै कारबाही गर्नुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here