अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि

3

एजेन्सी ।  अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो रोगलाई लिएर सजगता अपनाउनुपर्ने विज्ञहरूले औँल्याएका छन्।

मूलतः पशुपक्षीमा हुने बर्ड फ्लू मानवमा सर्ने जोखिम न्यून हुने गरे पनि सङ्क्रमणको सम्भावनालाई नकार्न नसकिने भन्ने कुरा पुष्टि भइसकेको उनीहरूको तर्क छ।

सरकारी तथ्याङ्कअनुसार पाँच वर्षअघि नेपालमा बर्ड फ्लूबाट एकजना पुरुषको ज्यान नै गएको इतिहास छ।

सन् २०१९ को मे महिनामा काभ्रेका २१ वर्षीय पुरुषको बर्ड फ्लूको सङ्क्रमणबाट मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here