अहिलेसम्मकै तातो महिना मार्च

5

एजेन्सी । गएको मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको छ । युरोपेली सङ्घको जलवायु परिवर्तन अनुगमन सेवाले गरेको तथ्याङ्क विश्लेषणअनुसार सन् २०२४ को मार्च महिना अहिलेसम्मकै तातो मार्च महिना बनेको देखिएको बीबीसीले जनाएको छ ।

यस वर्षको मार्च महिनाको तापक्रम पूर्व औद्योगिक समय अर्थात् सन् १८४० देखि सन् १९०० को मार्च महिनाको औसत तापक्रमभन्दा एक दशमलव ६८ डिग्री सेल्सियसले धेरै हो । यस्तै सन् २०२३ को मार्च महिनाभन्दा यस वर्षको मार्च महिनाको तापक्रम शून्य दशमलव एक डिग्री सेल्सियसले बढेको छ ।

मार्च महिना अहिलेसम्मकै तातो बनेसँगै लगातार १० वटा महिनामा अहिलेसम्मकै तापक्रमको उच्च रेकर्ड बनेको छ । यसअघि सन् २०२३ को जुन महिनाले सबैभन्दा तातो जुन महिनाको रेकर्ड बनाएको थियो । त्यसपछिका हरेक महिना अहिलेसम्मकै तातो महिना बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here