नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाए

4

काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

ओटावामा आयोजित कार्यक्रममा उनले गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

नेपाली दूतावास ओटावाका अनुसार उक्त अवसरमा राजदूत पौड्यालले सिमोनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश सुनाएका थिए ।

साथै, सोही अवसरमा राजदूत पौड्यालले दुई मुलुकबीचको सम्बन्धको बारेमा पनि कुराकानी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here