जागिर लगाइदिने प्रलोभन देखाएर १९ वर्षीया किशोरीमाथि बलात्कार

4

काठमाडौं  । काठमाडौंको ठमेलस्थित एक होटलमा १९ वर्षीया किशोरीमाथि बलात्कार भएको छ ।

सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् ।

उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् । ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जनाए ।

जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here