साताको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द

7

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक २४ दशमलव ५८ अंक घटेर १९७४ दशमलव ३७ विन्दु झरेको छ । आज ३१६ कम्पनीका ६० हजार ५२३ पटकको कारोबारमा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको ९७ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

यस दिन दोल्टी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९ दशमलव ५६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन साधना लघुवित्त र समता लघुवित्तको सेयर मूल्य ८ दशमलव ७२ प्रतिशत बढेको छ ।

कारोबारमा आएको पिपुल्स पावरको सेयर मूल्य यस दिन सर्वाधिक ९ दशमलव ९२ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य साढे ७ प्रतिशत घटेको छ ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

कारोबारमा आएको विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटेल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here