“लागू औषध दुर्व्यसन, लैंगिक हिंसा र बाल बिवाह नियन्त्रण” सम्बन्धी सचेतनामूलक कार्यक्रम

33

काठमाडाैं । प्युठानमा  “लागू औषध दुर्व्यसन, लैंगिक हिंसा र बाल बिवाह नियन्त्रण” सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।

जिल्ला प्रशासन कार्यालय प्युठानबाट स्वीकृत लागू औषध नियन्त्रण कार्ययोजना, २०८१ बमोजिम प्युठान नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्युठानको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा प्युठान न.पा. वडा नं. ०९ मरन्ठाना मजुवा स्थित बाल विद्या मा.वि.मा प्युठान न.पा. का प्रमुख बिष्णु बहादुर योगीको अध्यक्षता, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता, जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायत, लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष निलम कडायतको आतिथ्यतामा ूलागू औषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विबाह नियन्त्रणू सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको, उक्त कार्यक्रममा यस जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख, जनप्रतिनिधि, पत्रकार, सरोकारवाला निकाय, बिभिन्न आमा समूह, शिक्षक, बिद्यार्थीहरु, स्थानीय भद्रभलाद्‍मी सहित ३१५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमा यस कार्यालयका प्रमुख प्र।ना।उ। इश्‍वर थापाले प्युठान जिल्लामा भएका अपराध सम्बन्धी विश्लेषणात्मक तथ्यांक प्रस्तुत गर्दै आपराधीक घटना न्यूनिकरण गर्न सबैले आफ्नो स्थानबाट सहायता गर्नुपर्ने, अपराध गर्ने अवसर दिन नहुने, प्रलोभन र दवाबमा पर्न नहुने, अपराधको प्रतिकार गर्न सक्नुपर्ने लगायतका कुरा व्यक्त गर्दै उपस्थित सम्पुर्णमा स्वागत मन्तव्य राख्नु भएको थियो ।

उक्त कार्यक्रममा नार्कोनन् नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले लागु औषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
त्यसै गरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले आपराधिक घटना समाजमा घट्ने भएकोले समाजमा शान्ति शुरक्षा स्थापना गर्नु समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको, कोशिस गरे अपराध न्यूनिकरण गर्न सम्भव रहेको र सबै किसिमका अपराधजन्य क्रियाकलाप रोक्न स्थानिय स्तरबाटै जागरुक हुनु पर्ने कुरा व्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले लागु औषध, लैंगिक हिंसा र बालविबाहको अपराधिक दायरा फराकिलो रहेको, पीडित उपर यसको असर पनि कालान्तर सम्म अत्यन्तै गहिरो रुपमा रहने, पीडितले आफू‌लाई परेको असर भन्न र ब्यक्त गर्न नसक्ने तथा कतिपय अवस्थामा प्रमाण सजिलै नष्ट हुने सम्भावना चुनौतीको रुपमा रहेको हुँदा सबै सचेत हुन जरुरी रहेको कुरा व्यक्त गर्दै प्रहरी द्वारा संचालित हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाजमा चेतनाको अभिबृद्धि गर्ने आशा व्यक्त गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले लागुऔषध नियन्त्रणका लागि जिल्लास्तरीय लागुऔषध नियन्त्रण कार्ययोजना स्विकृत गरी सबै निकायलाई जिम्मेवारी तोकि अभियानको रुपमा कार्यक्रमको थालनी गरीएको तथा सबै किसिमका हिंसा र अपराधको बारेमा सबै जागरुक हुनुका साथै कुनै पनि अपराधिक घटना भएको देखेमा सम्बन्धित निकायमा तत्कालै उजुरी दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्युठान न।पा।का उप(प्रमुख देबेन्द्र वर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुशिल पोख्रेल, प्युठान न।पा. वडा नं. ०९ का वडाध्यक्ष विकास के.सी. समेतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोलिद्वारा लागु औषध दुर्व्यसनी र बाल विबाह नियन्त्रण सम्बन्धी सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको कार्यक्रममा कार्यक्रमका अध्यक्ष बिष्णु बहादुर योगीले यस्तै खालका सकारात्मक क्रियाकलापका साथ सुरक्षित र समृद्ध समाजको परिकल्पना गर्न सकिने कुरा व्यक्त गर्दै ऐ। १७स्२० बजेको समयमा कार्यक्रम समापन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here