काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालद्धारा सञ्चालन भइरहेको ‘टोरोन्टो नेपाल भाषा समर स्कुल’ भोलि सोमबार जेठ २१ गतेदेखि सुरु हुने भएको छ ।
‘टोरोन्टो नेपाल भाषा समर स्कुल’ प्रोफेसर क्रिस्टोफ इमिरिचको सक्रियतामा रोबेर्ट एच एन हो फेमेली फाउण्डेसन र बौद्ध अध्ययन बिभाग, टोरोन्टो बिश्वबिद्यालयको आयोजनामा बर्षकाे एक पटक कक्षा सञ्चालन गर्दै आईरहेकाे छ ।
क्यानाडा, अमेरिका, बेलायत, नेदरलन्द, भारत, जर्मन, इटाली, डेनमार्क लगायत देसका विभिन्न विश्वविद्यालयमा आबद्ध ५५ जना भन्दा बढि विद्यार्थी, अनुसन्धाता र प्राध्यापक लगायत प्रशिक्षार्थीहरुको सहभागिता लिदै आई रहेको यसबर्ष पनि नेपाल भाषा समर स्कुल कार्यक्रममा आधारभूत नेपाल भाषा
कुराकानी, आधुनिक नेपाल भाषा लेखन, आधुनिक नेपाल भाषा साहित्य र पुरानो (क्लासिकल) नेपाल भाषा बिषयमा अध्यापन भइरहेको छ ।
अनलाइन मार्फत भइरहेको यस बर्ष टोरोन्टो विश्वविद्यालका प्रा.डा. क्रिस्टोफ एमिरिक र इयान तर्नरका साथै नेदरलौन्दनिवासी नेपाल भाषाका साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ, मानबशास्त्री तथा नेपाल भाषाका साहित्यकार डा. बालगोपाल श्रेष्ठहरुले पनि प्राध्यापन गरिने भएको छ ।
यस बर्ष नेपाल भाषा समर स्कुलको बीच बीचमा नेपाल भाषाबारे दुई प्रमुख उद्घोषण व राउण्ड टेबल पनि हुने भएको छ ।
सो कार्यक्रमकाे पहिलाे दिन भोलि प्रा. प्रेमशान्ति तुलाधरद्धारा नेपालभाषा साहित्यको संक्षिप्त इतिहासका बारे धारणा नेपालभासामा र जेठ २३ गते बुधबार डा कामिंलो ए फर्मिगातिकाे ”Maṇika and the first Manuscript Witnesses of Newar Literature” विषयमा अंग्रेजी भाषाट उद्घोषण गरिने भएको छ ।
आगामी जेठ २५ गते शुक्रबार प्रोफेसर क्रिस्टोफ इमिरिच, डा मार्लिना फ्रिसोने, डा क्रितिस राजभण्डारी, इयान तर्नर र डा बाल गोपाल श्रेष्ठको नेवाः काव्य अनुवाद पुचको राउण्ड टेबल “Towards a Collectively Translated Anthology of Modern and Contemporary Newar Verse” (अंग्रेजी र नेपाल भाषा) पनि हुने भएको छ ।
दुई हप्तासम्म हुने उक्त ‘टोरोन्टो नेपाल भाषा समर स्कुल जेठ २६ गते शनिबार समापन हुने भएको छ ।


















