करेन्ट लागेर मृत्यु

53

काठमाडौं । धनकुटा, धनकुटा नगरपालिका-४ देब्रेबास बस्ने ६० वर्षीय कुमार राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

आफ्नै घरको मल्टी प्लगबाट करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कपिलवस्तु, वाणगंगा नगरपालिका-२ गोबडिया बस्ने ३२ वर्षीया बसन्ती चुदालीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ ।

आफ्नै खेतमा सिंचाई गर्न राखिएको मोटरको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here