कार्तिककाे पहिलाे सातादेखि दोस्रो भेट्रान्स फुटबल हुने

54

काठमाडौं। फुटबलर्स मिसन टुगेदरको आयोजना हुने दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक ३ गतेबाट सुरु हुने भएको छ।

आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरू सम्मिलित चालिस वर्ष नाघेका खेलाडीहरू बीच प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने महासचिव धिरेन्द्र प्रधानले जानकारी दिए। नक आउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण खेल मध्यपुर फुटबल खेल मैदानमा हुनेछ।

प्रतियोगिताको विजेता टोलीले आठ लाख र द्वितिय हुने टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिने प्रधानले बताए। व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिता सन्चालन गर्न ३१ लाख खर्च हुने अनुमान गरिएको छ। मुख्य प्रयोजक नागार्जुन नगरपालिकाले १५ लाख उपलब्ध गराउने छ। अपुग रकम टोली दर्ता शुल् लगायत विभिन्न प्रायोजकहरु खोजी गरि परिपूर्ति गरिने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here