निवर्तमान कानुनमन्त्री अधिकारी प्रहरी पक्राउ

57

विराटनगर । कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

मानव तस्करीको अभियोगमा उनलाई आफ्नै पार्टी नेकपा एमालेले पनि साधारण सदस्यसमेत नरहनेगरी निलम्बर गरेको थियो।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

उनलाई विराटनगरबाट काठमाडौँ लगिँदै गरिएको बताइएको छ।

अधिकारीलाई आजै अदालतबाट अनुमति लिएर पक्राउ गरिएको बुझिएको छ।

उनलाई आजै विमानबाट काठमाडौँ लैजाने तयारी छ । मानव तस्कर गिरोहसँग मिलेर तीन युवालाई जनही १० देखि १३ लाख असुल गरी अधिकारीले जापान लगेका थिए ।

अधिकारीसहित चार जनालाई जापानको टोकियो विमानस्थल अध्यागमन कार्यालयले कागजात शंकास्पद लागेपछि १४ कात्तिकमा डिपोट गरेको थियो ।

काठमाडौँ विमानस्थलमा आएपछि प्रहरीले तीन युवालाई पक्राउ गरे पनि मन्त्री भएको बताउँदै परिचयपत्र देखाएपछि अधिकारीलाई छाडेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here