काठमाडौं । नागढुंगा सडक एक साताका लागि दिउँसोको समयमा आंशिक रुपमा बन्द हुने भएको छ ।
नागढुंगा सुरुङ मार्गको पश्चिम पोर्टलअन्तर्गत सिस्ने खोलामा स्लोप कटिङ गर्नु पर्ने भएकोले सडक बन्द गरिने आयोजनाले जनाएको छ ।
उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख छ । २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ ।



















