प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा

48

काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनलाई ललितपुर जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यद्यपि उनको प्रहरी निलम्बन भने निरन्तर रहनेछ।आइतबार बयानका निम्ति उनी ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको थियो। सोमबार भएको थुनछेक बहसमा उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो।

अब उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछिन्।यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here