उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवाको लागि सिफारिस

50

 काठमाडाैं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो। उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतमा काजमा खटाइएका खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको अस्थाई इजलास वीरगन्जमा सरुवा सिफारिस भएको छ।

राजश्व न्यायाधीकरणका रमेश ढकाललाई उच्च अदालत तुलसीपुर, तुलसीपुरका दीपेन्द्र अधिकारीलाई पोखरा उच्च अदालतमा सरुवा गर्न सिफारिस परिषदको बैठकले गरेको छ। उच्च अदालत सुर्खेतबाट न्यायाधीश सागर विष्टलाई उच्च अदालत तुलसीपुर सरुवा गर्न सिफारिस गरिएको छ।

न्यायापरिषदको सिफारिसमा प्रधानन्यायाधीशले सरुवाको निर्णय गर्ने व्यवस्था छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here