काठमाडाैं । इजरायलले ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइ अनिश्चितकालसम्म स्थगित गरेको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासले थप इजरायली बन्धकहरूलाई हस्तान्तरण गर्ने ग्यारेन्टी नगरेसम्म प्यालेस्टिनी कैदीहरूको रिहाइ अब ढिलाइ हुने बताए । उनको यो सर्तले अन्यौलता उत्पन्न भएको समाचारमा उल्लेख छ ।
युद्धविरामको पहिलो चरणमा इजरायली बन्धकहरूको रिहाइको एक चरण अझै बाँकी छ। नेतान्याहूले हमासले युद्धविराम नियमहरू बारम्बार उल्लङ्घन गरेको आरोप लगाएका छन्। इजरायल र हमासबिचको सम्झौता तीन चरणमा कार्यान्वयन हुनेछ।
पहिलो चरणमा, इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई रिहा गरिनेछ। यसपछि, इजरायली सेना बिस्तारै गाजाबाट फिर्ता हुनेछ भने त्यसपछि अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम गरिनेछ।


















