शिक्षा विधेयकमा विवाद समाधान गर्न पाँच दिन थप

30

काठमाडौं । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएको बढुवासम्बन्धी विवाद समाधानका लागि सरकारलाई थप पाँच दिनको समय दिएको छ।

पदपूर्तिसम्बन्धी व्यवस्थामा सहमति जुटे पनि बढुवाको प्रावधानमा सरकारले सरोकारवालासँग थप छलफल गर्न समय माग गरेपछि समितिले यो म्याद थप गरेको हो।

शिक्षामन्त्री रघुजी पन्तले पाँच दिनको समय माग गरेपछि समितिका सदस्यहरूले आपत्ति जनाएका थिए। सरकारले पटक–पटक विषय बदलेर विधेयकलाई अल्झाउन खोजेको भन्दै उनीहरूले चर्को आलोचना गरेका छन्।

यो विवादले विद्यालय शिक्षा विधेयक पारित प्रक्रियालाई थप लम्ब्याउने देखिएको छ। सरकारले आगामी पाँच दिनभित्र बढुवासम्बन्धी प्रावधानमा सरोकारवालाहरूबीच सहमति जुटाउनुपर्ने चुनौती रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here