बौद्ध धर्मावलम्बीले ‘गुँला पर्व’ सुरू

27

काठमाडौं । बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ शुक्रबार देखि सुरू भएको छ ।

बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइन्छ । यो पर्व नेपाल संवतको गुंलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’को अर्थ नौ तथा ‘ला’को अर्थ महिनाका रुपमा लिइएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा वास होस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।

मध्यपुर ठिमीमा पनि न्याकुबाजा नाम अर्नाको सिङको बाजा र चित बाजा नामक भेडाको सिङको बाजा बजाइन्छ । यस्तै यो महिनामा इटुम्बहालमा पनि दिपंकर र केश्चान्द्र आजुलाई विराजमान गराइन्छ । यस पर्व काठमाडौँ बाहिर पनि विभिन्न तरिकाले मनाइन्छ, काठमाडौं उपत्यका बाहिर दोलखामा भने यो पर्व हिलो जात्रा नाम गरी कृष्ण जन्म अष्टमी सम्म मनाइन्छ।

गुंला बाजं खलः स्वयम्भू जाने चलन लिच्छविकालीन राजा हर्षदेवको शासनकाल ने.सं २०४–२१८ बाट सुरु भएको जनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here