जेनजी प्रतिनिधिहरू छलफलमा जुटे

6

काठमाडौं । नेपाली सेनासँग वार्ताका क्रममा उठाउने एजेन्डाका विषयमा जेनजी आन्दोलनका प्रतिनिधि भर्चुअल बैठकमा जुटेका छन् ।

४ हजारभन्दा बढी प्रतिनिधिबीच एजेन्डाका विषयमा भर्चुअल कुराकानी भइरहेको हो । नेपाली सेनाले वार्ताका लागि बोलाएपछि जेनजी प्रतिनिधिहरू छलफलमा जुटेका हुन् ।

संसद् विघटन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कम्तीमा २ कार्यकाल मात्र प्रधानमन्त्री बन्न पाउने व्यवस्था लगायतका लागि छलफल चलिरहेको हो । एजेन्डा तय गर्न पोल गर्ने लगायत विषयमा समेत उनीहरूबीच कुराकानी चलेको छ ।

कतिपयले सेनासँग हुने वार्ता लाइभ गर्नुपर्ने माग गरेका छन् ।

आन्दोलनले अप्रत्यासित रूपमा सफलता पाए पनि जेनजी अगुवाहरू एजेन्डामा एकमत हुन सकिरहेका छैनन् ।

यसबीचमा, जेनजी आन्दोलनका अगुवा भन्दै १५/१६ जनाको टीम सैनिक जंगी अड्डा पुगेको थियो ।

प्रधानसेनापति अशोकराज सिग्देलले उनीहरूलाई मिलेर आउन भन्दै फिर्ता पठाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here