काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसअघि उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको थियो ।
उहाँका अनुसार विमानस्थल आवागमन गर्नुहुने यात्रुले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिन अनुरोध गरिएको छ ।