वीरगन्ज । पर्साको वीरगन्ज कारागारमा कैदीहरूले भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएका छन्। यस क्रममा सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको थियो।
कैदीहरूले कारागारको पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि नेपाली सेनासहितको सुरक्षा निकाय परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूसँगको झडपमा चार जना कैदी गम्भीर घाइते भएका छन् । तर उनीहरूको परिचय खुलाइएको छैन।