काठमाडौं । काठमाडौं महानगरपालिका-५ कालोपुल कुमारी गल्ली बस्ने कृष्ण प्रसाद आचार्यको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २४ लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-८ बैरिया बस्ने अशोक बाँनियाको घरबाट सुन तथा चाँदीका गहना र नगद समेत गरी करिब ४ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















