नेप्से १२.१७ अंकले बढ्याे

7

काठमाडौं । लगातार दुई दिन ओरालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले बढ्दै २६०७.४२ बिन्दुमा पुगेको छ ।

नेप्से १२.१७ अंकले बढेको छ भने सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः १.१४, ०.९० र ०.४५ अंकले वृद्धि भएको छ ।

नवप्रवेशी माबिलुङ्ग इनर्जी लिमिटेडको सेयर दोस्रो दिन पनि सकारात्मक सर्किटमा रहेर ३४ रुपैयाँ ९० पैसा बढ्दै ३८४ रुपैयाँ ३० पैसामा पुगेको छ ।

उन्नती सहकार्य लघुवित्त र नेपाल फाइनान्सको मूल्य क्रमशः १० प्रतिशत र ९ प्रतिशतभन्दा बढी बढेको छ भने फस्ट माइक्रोफाइनान्स लघुवित्त ७.४८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गिरावट भएको कम्पनी बनेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो । पछिल्लो स्थानमा हिमालयन डिष्टिलरी र राधी विद्युत कम्पनी क्रमशः साढे ३२ करोड र साढे ३१ करोड रुपैयाँको कारोबारसहित रहे ।

१३ मध्ये ११ उपसमूहको परिसूचक वृद्धि हुँदा वित्त उपसमूह ३.४१ प्रतिशतको सर्वाधिक वृद्धि लिएर अगाडि रह्यो भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूह सामान्य रूपमा घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here