छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

5

काठमाडौं । काठमाडौं महानगर–८ जयबागेश्वरी गायत्री मार्गमा रहेको छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण गरिएको छ ।

पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन ।मन्दिरको उद्घाटन पछि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए ।

भने उपप्रमुख डंगोलले छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिर पुनःनिर्माण हुन ऐतिहासिक कार्य भएको बताइन । डंगोलले सम्पदा संरक्षणमा महानगरले प्रमुखताका साथ काम गरिरहेको उल्लेख गरे ।

महानगरबाट हराएका मूर्त तथा अमूर्त सम्पदाहरुलाई पुनस्थापन पर्ने काम गरिरहेको र अन्य देशमा रहेका नेपालका मूर्तिहरुलाई स्वदेश फर्काउन पनि पहल गरिरहेको उनले बताइन ।

काठमाडौं महानगर वडा ८ का वडाअध्यक्ष आशामान संगतले दुई तल्ला रहेको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको जानकारी दिए ।
उक्त ऐतिहासिक मन्दिरको गत माघ ७ गते पुनःनिर्माणका लागि शिलान्यास गरिएको थियो । हराएकै एक सय वर्षभन्दा धेरै समय भएको मन्दिरको ऐतिहासिकता उत्खनन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here