काठमाडौं । प्रकृति र मानवबीचको सम्बन्ध रहेको नाटक ‘खमारीः मौन संवाद’ भोलि आइतबार सम्म हेर्न सकिने भएको छ ।
आज शनिबार १२ः३० बजे र ४ः३० बजे र भोलि ४ः३० बजे मण्डला थिएटरमा हेर्न सकिने छ । नेपाली रंगमञ्चमा प्रयोगात्मक र फरकप्रस्तुुति गरिएको छ । यो नाटक शारिरीक हाउभात्र रहेको छ ।
एक थिएटर नेपालको प्रस्तुति रहेको नाटक यो नाटकका परिकल्पनाकार तथा निर्देशक मणि के. राई रहेका छन् ।
नाटकमा एक दुर्लभ रुख खमारीलाई विम्ब बनाएर निर्माण गरिएको छ । मानिसहरुले आफ्नो स्वार्थका लागि प्रकृतिको अत्याधिक दोहन गरेका कारण जलवायु परिवर्तनको चुनौती सामना गर्नुपरेको विषयबस्तुमा केन्द्रित रहेको छ ।
यस नाटकले खमारी रुखको बिरुवालाई हुर्काउनका लागि एक बालकले गर्नु परेको संघर्षलाई शारिरीक प्रस्तुत हाउभाउको मार्पmत देखाउन खोजिएको छ ।
यस नाटकमा चर्चित कलाकार सौजन सेनेहाङ्ग, प्रिया लम्जेल, आरुशी राई, मुस्कान राउत, प्रेम चन्द्र पाण्डेय, युगल श्रेष्ठ, सोनिया राई, डिलेन्द्र राई, देबिका राई, ममता साम्पाङ्ग राई, शक्ति राई, रेनुका घर्ती मगर र रञ्जना नेपालीको अभिनय रहेको छ ।


















