सवारी दुर्घटनामा दुई जनाको मृत्यु

25

 

काठमाडौं । रौतहट, वृन्दावन नगरपालिका-७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३-०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१ पुलचोकस्थित सडकमा ना.२ ह ५०२८ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ बस्ने ६० वर्षीया अस्तापमा खातुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here