शंखरापुर । शंखरापुर नगरपालिका–६, सुन्टोल साँखुका लक्ष्मण चित्रकारको मोटरसाइकल दुर्घटनामा परि असामयिक निधन भएको छ।
घटनाका अनुसार कार्तिक २६ गते आफ्नै खेत पालुबारि गएर फर्किँदै गर्दा शंखरापुर–५, पालुवारि निवासी १८ वर्षीय सुबास डंगोलले चलाएको मोटरसाइकल (बा.६५ प ७९९ नं) ले चित्रकारलाई ठक्कर दिएको थियो।
ठक्करपछि गम्भीर घाइते भएका चित्रकारलाई तत्कालै पिपुल्स अस्पताल पुर्याइएका थिए। अवस्था जटिल भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज र पछि भेन्टिलेटर सुविधा नहुँदा केएमसी अस्पताल रेफर गरिएको थियो। तर, उपचारको क्रममा सोही दिन अस्पतालले उनलाई मृत घोषित गरेको परिवारका निकट व्यक्ति कुमार महर्जनले जानकारी गराए ।
कार्तिक २७ गते मृतक चित्रकारको पार्थिव शरीरको पोष्टमार्टम शिक्षण अस्पतालमा गरी अन्तिम संस्कार पशुपतिनाथ आर्यघाटमा गरिने पनि परिवार स्रोतले जनाएको छ।
अल्पआयुमै घटेको यस दुखद घटनाले सम्पूर्ण शंखरापुर क्षेत्र शोकमा डुबेको छ। स्व. चित्रकारप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।
यस सम्बन्धमा प्रहरी प्रभाग साँखुका प्रमुख रमेश थापाले बताए अनुसार, दुर्घटनामा संलग्न बा.६५ प ७९९ नंको मोटरसाइकल प्रहरी प्रभाग साँखुमा राखिएको छ र निज चालक सुबास डंगोललाई प्रारम्भिक छानबिनपछि प्रहरी वृत्त बौद्धमा चलान गरी थप अनुसन्धान भइरहेको जानकारी दिए।
अल्पआयुमै घटेको यस दुखद घटनाले सम्पूर्ण शंखरापुर क्षेत्र शोकमा डुबेको छ। स्व. चित्रकारप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।


















