सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड

5

बारा । सिमरा विमानस्थलको मुख्य गेट आक्रोशित समूहले तोडफोड गरेको छ । नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि केही युवाहरू विमानस्थलको प्रवेशद्वारसम्म पुगेका थिए र बाहिरबाट धकेल्न थालेपछि फलामको गेट भाँचिएको हो ।

गेट भत्किएपछि केही युवाहरू करिब केही क्षणका लागि विमानस्थल भित्र प्रवेश गरेका थिए । सुरक्षाकर्मीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएर बाहिर निकालेका छन् । घटनापछि विमानस्थल क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ भने प्रवेशद्वार वरिपरि निगरानी कडाइ गरिएको छ ।

युवा संघ नेपालको कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली बारा जाँदै थियो । नेताहरू कार्यक्रम स्थलमा नपुग्दै सिमरा बजार क्षेत्रमा स्थानीय युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here