एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न दुई जना पक्राउ

2

काठमाडौं । एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहाल पानीपत बस्ने २८ वर्षीय दिलप्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका-८ मगरागडी घर भएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् ।

क्रिकेट एशोसियसन अफ नेपालद्वारा मंसिर १ गते देखी मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संकरणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्छौ भनि सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राम मार्फत सम्पर्क गरी खेलको हारजीतमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२ लाजिम्पाटबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here