काठमाडौं । देशमा रहेकाे विद्यमान जटिल अवस्थालाई ध्यानराखी संयुक्त अभियान समुहद्वारा भाेलि शनिबार मंसिर ६ गते विहान ११: ३० बजे साँस्कृतिक शान्ति तथा सद्भाव र्याली गरिने भएकाे छ ।
भाद्र २३ र भाद्र २४ गतेको अशान्तिपूर्ण वातावरणले पारेको प्रभावलाई ध्यानमा राखी शुरू हुन लागेकाे साँस्कृतिक शान्ति तथा सद्भाव र्याली पाटन दरबार स्क्वायरबाट सुरू भएर भेला बसन्तपुर दरबार स्क्वायरमा समापन हुने कार्यक्रम रहेकाे छ ।
विद्यमान तरल अवस्था मौलिक सम्पदा तथा समुदायको रक्षार्थ, पौरख गौरब हाम्रो संस्कृति महान राष्ट्र र राष्ट्रियता बचाउन साँस्कृतिक शान्ति तथा सद्भाव र्यालीमा सम्पुर्ण दाफा खलः पुचः परिवारलाई आयोजकले अनुरोध गरेका छन् ।
सामुहिकतामा आधारित सांस्कृतिक एकताबाट देशलाई दिशानिर्देश गर्नुको विकल्प नरहेकाे आयोजकले जानकारी गराएकाे छ । साे भेला मार्फत शान्तिका लागि सांस्कृतिक कार्यक्रम तय गर्न राष्ट्रिय सामाजिक संघ संस्था, खलः पुचः सांस्कृतिक तथा जातीय समाज लगायत स्वाधीन अभियानकर्मी तथा शुभ चिन्तकहरुलाई उपस्थित हुन समेत संयुक्त अभियान समूहको मूख्य संयोजक राजमान मानव आह्वान गरेका छन् ।


















