एनपिएलमा विराटनगरले काठमान्डुलाई हरायाे

4

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाएको थियो। काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

आज शनिबार बिदाको दिन पनि भएकोले ठूलो संख्यामा क्रिकेटप्रेमीहरू खेल हेर्न कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका थिए।

यस्तै, गायक प्रताप दास र गायिका एलिना चौहान पनि एनपिएल हेर्न पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here