काठमाडौं । नेपालमा सामाजिक सञ्जालमार्फत ठूलो जनमत निर्माण गर्न सफल ‘Routine of Nepal Banda’ (RoNB) का सञ्चालक भिक्टर पौडेल करिब दुई महिनादेखि अमेरिकामा बस्दै आएका छन्। सेप्टेम्बर ८ को घटनापछि नेपाल सरकार, एमाले नेता महेश बस्नेत, दुर्गा प्रसाईं लगायत आम जनताबाट समेत उनी निशानामा परेकाले उनी सुरक्षित महसुस नगरेर अमेरिकामा बसिरहेको स्रोतले बताएको छ। यसक्रममा उनीमाथि लागेका गम्भीर आरोपहरू र अमेरिकामा ग्रीन कार्ड लिने प्रक्रियाको खोजीले नयाँ तहको राष्ट्रिय बहस सिर्जना गरेको छ।
शंकास्पद बसाइँसराइ र अध्यागमनको ‘शून्य रेकर्ड’
दुई महिनाअघि भिक्टर पौडेल दुबईबाट सामाजिक सञ्जालमा लाइभ आएर आफू दुबईमा रहेको बताएका थिए। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण अधिकार लिएर उनी सोही कामले दुबई गएका थिए। तर, अध्यागमन विभागका कर्मचारी नीलकण्ठ काफ्लेका अनुसार भिक्टर पौडेलको अन्तिम आप्रवासन रेकर्ड दुबईको मात्रै छ र त्यसपछिको कुनै रेकर्ड नभएकाले उनी सोझै अमेरिका गएको देखिएको छ।उनीमाथि ‘अमेरिकी एजेन्ट’ को समेत आरोप लाग्दै आएको छ।
अमेरिकी भिसा र ‘बर्थराइट सिटिजनशिप’को गोप्य योजना
भिक्टर पौडेलले सन् २०२४ मा अमेरिकी दूतावासबाट बहु-प्रवेश भिसा (multiple entry visa) लिएका थिए। यो भिसा लिनका लागि उनले दूतावाससँग आफ्नो ‘राम्रो कनेक्शन’ को फाइदा उठाएको र त्यसैमार्फत आफ्नी पत्नी रियाशा दाहालको समेत भिसा व्यवस्था गरेको आरोप छ। उनीहरूको छोरा ‘भिरास’ को जन्म अमेरिकामा नै भएको हो।अमेरिकामा जन्मिएको बच्चा स्वतः अमेरिकी नागरिक हुने प्रावधानको फाइदा उठाउँदै ‘भिरास’ले अमेरिकी पासपोर्ट पनि प्राप्त गरिसकेका छन्।
गत वर्ष यो खबर बाहिर आएपछि भिक्टर र रियाशा दुवै आत्तिएको र आफ्नो कर्तुत लुकाउन सामाजिक सञ्जालमा नेपालकै फोटोहरू हालेर ‘मास म्यानुपुलेसन’ गर्न खोजेका थिए। भिक्टर पौडेललाई ‘मास म्यानुपुलेसन’ गर्न माहिर व्यक्तिको रूपमा चिनिने गरिन्छ।
ग्रीन कार्ड र शरणार्थी भिसा (Asylum) को तयारी
‘GenZ आन्दोलन’ का लुकेका कमान्डरको रूपमा समेत चिनिएका भिक्टर पौडेल सुरक्षा खतरा देखाउँदै अहिले अमेरिकामा नै बसिरहेका छन्। स्रोतका अनुसार उनी उतै ग्रीन कार्ड फाइल गर्ने प्रक्रियामा लागेका छन्। ज्यानको खतरा देखाएर अमेरिकाको शरणार्थी भिसा (Asylum) मार्फत ग्रीन कार्ड लिने योजनामा छन ।
शरणार्थी भिसाबाट ग्रीन कार्ड प्रक्रियाका लागि करिब $100,000 (एक लाख डलर , करीब १ करोड़ नेपाली ) आवश्यक पर्ने, जसमा वकिल खर्च र अदालतको धरौटी रकम समावेश छ।
ग्रीन कार्ड प्रक्रियाका लागि आवश्यक ठूलो रकम (लगभग $100,000) जुटाउन भिक्टर पौडेलले जुक्ति लगाएको खुलासा भएको छ। अहिले चर्चामा रहेको क्यान (CAN) ले नेपाल प्रिमियर लिग (NPL) मा सट्टेबाजी (betting) र सरोगेट एप्सको विज्ञापन राखेको अवैध खबर यसैसँग जोडिएको छ।नेपाल र वेस्ट इन्डिजको युनिटी कप मा भिक्टर पौडेलको कम्पनीले प्रत्यक्ष प्रसारण अधिकार लिएको थियो।सट्टेबाजी र सरोगेट एप्सबाट आएको अवैध पैसा सोझै अमेरिकामा प्रयोग गर्ने र सोही पैसाले आफ्नो सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्ने योजना उनको रहेको छ। बाहिर जति नै नैतिकताको गफ दिए पनि भित्रभित्रै उनी सधैँ यस्तै अनैतिक कार्य मा संलग्न हुन्छन।
GenZ आन्दोलन र ‘मास म्यानुपुलेसन’
भिक्टर पौडेलको GenZ आन्दोलन मा ठूलो हात रहेको र उनले आफ्नो पेज ‘Routine of Nepal Banda’ को प्रयोग गरी धेरै युवाहरूलाई हेरफेर (manipulate) गरेको आरोप छ, आन्दोलनमा कसैलाई पनि नेता बन्न नदिएको र आफूमाथि जोखिम हुने भन्दै आफैँ पनि नेतृत्व नलिएको देखिएको छ। तर, सरकार गठनदेखि सबै कुरामा आफ्नै हात रहेको भन्दै नेपाली जनताले उनलाई चिन्नु जरुरी रहेको यस घटनाले देखाएको छ।
दोहोरो नागरिकताको अवैध प्रयास र वडा कार्यालयको संलग्नता
भिक्टर पौडेलका छोरा ‘भीरास’ सँग अमेरिकी पासपोर्ट रहेको खुलेको छ। तर, उनले तारकेश्वर वडा नं. ५ बाट जन्म दर्ता पनि लिएका छन्।यो कदम दोहोरो नागरिकता लिने प्रयास हो, जुन नेपालको कानूनअनुसार गैरकानूनी हो।छोरा अमेरिकामा जन्मिएको जानकारी हुँदाहुँदै पनि वडा कार्यालयले कसरी जन्म दर्ता दियो भन्ने प्रश्न उठेको छ। ‘सरकार उनकै हातमा भएकाले उनले जे गरे पनि हुने’ अवस्था सिर्जना गरेको यस घटनाले पुष्टि गरेको छ।
भिक्टर पौडेलको यो सम्पूर्ण ‘रूटीन’ ले उनलाई सामाजिक सञ्जालमा स्थापित एक ‘नायक’ भन्दा पनि व्यक्तिगत स्वार्थका लागि राष्ट्रिय नियम कानुन मिच्ने र अवैध धन्दामा संलग्न हुने एक ‘विवादास्पद खेलाडी’ का रूपमा चित्रित गरेको छ।
भिक्टर पौडेलको अर्को आर्थिक अपचलनको बारेमा प्रमाण सहित BIG BREAKING छिटै आउने छ, प्रतिक्ष्या गर्नुहोस्, प्रमाण संकलन अन्तिम चरणमा पुगेको छ |


















