निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता

5

काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए ।

हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १३२ छ । निर्वाचनमा अधिकतम दलको सहभागिता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको भट्टराईले जनाए ।

प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको म्याद १० गतेसम्म छ ।
प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएको जानकारी गराए । प्राप्त भएका निवेदनउपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूको मतदाता नामावली प्रकाशित गरिने छ ।

प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने भन्दै उनले पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here