मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता तालिम सुरू

4

काठमाडाैं । मङ्गल मल्टिपल क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) उद्घाटन मङ्गल बहुमुखी क्याम्पसमा उद्यमशीलता सहयोग कार्यक्रम (ESP) एक भव्य र प्रेरणादायी समारोहका साथ औपचारिक रूपमा उद्घाटन गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस व्यवस्थापन समिति (CMC) का अध्यक्ष प्रा.डा. लक्ष्मी बहादुर महर्जनले कार्यक्रमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मङ्गल बहुमुखी क्याम्पसका सल्लहकार प्रा.डा. शिव शरण महर्जन, इन्स्टिच्युट फर सोसल एन्ड इनभायरोन्मेन्टल रिसर्च–नेपालका अध्यक्ष प्रा.डा. धर्मराज डंगोल, कीर्तिपुर नगर उद्योग तथा वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य तथा इनर व्हील कीर्तिपुर सेन्ट्रलकी IPP  रञ्जना महर्जन, क्याम्पस संचालक समितिका सदस्यहरू प्रा.डा. अजय सिंह, कर्ण महर्जन, सहायक क्याम्पस प्रमुख रकि महर्जन, ESP का फोकल पर्सन भावना महर्जन तथा शिक्षक शिक्षिकाहरु तथा सहभागी विद्यार्थीहरूको उपस्थितिले कार्यक्रम शोभित बनेको थियो। कार्यक्रम क्याम्पस प्रमुख प्रदीप महर्जनको स्वागत मन्तव्यबाट सुरु भयो, जसमा उहाँले विद्यार्थीहरूमा उद्यमशील सोच विकास गर्ने महत्वबारे जोड दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here