विशेष महाधिवेशनको विकल्प नभएको दाबी

8

काठमाडौं । नेपाली कांग्रेस गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको दाबी गरेका छन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

गगन थापा नै अब पार्टी सभापतिको विकल्प होे भन्न लाज मान्न नहुने पनि उनको धारणा थियो ।

‘कसैको नाम लिँदा पनि हामी अलमलिएको जस्तो देखिएको छ । अबको विकल्प भनेको, हामीले भन्नलाई लाज मान्न हुँदैन । आम युवाले अबको विकल्प गगन थापाको विकल्प छैन,’ गुरुङले भने, ‘म उद्घोष गर्न चाहन्छु, अब विशेष महाधिवेशनको पनि विकल्प छैन । गगन थापाको पनि विकल्प छैन ।’

आफ्ना पेरिफेरिका मान्छेलाई भ्रष्टाचारमा लिप्त भएर अझै पनि त्यो अवसरलाई लिन सकिन्छ भनेर पार्टी केही नेतृत्व अघि बढेको उनको आरोप छ ।

‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सामान्य रुपमा नलिइयोस् भन्न चाहन्छु । ५४ प्रतिशत महासमिति प्रतिनिधि नै अभियान्ता हो,’ उनले भने, ‘अब ढिलो नगरी विशेष महाधिवेशनको पक्षमा पूर्ण रुपमा संगठित हुनुपर्छ । भोलि हुने केन्द्रीय कमिटीको बैठकले पनि युवा जमातले नै परिवर्तित भएर जान विशेष महाधिवेशनको विकल्प छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here