विराटनगर । म्याद सकिएको ३० दिनभित्र नवीकरण नगरे प्रमाणपत्र स्वत: रद्द हुने गरी औषधि ऐन २०३५ संशोधन भएपछि विराटनगरमा औषधि व्यवसायीले आन्दोलन सुरु गरेका छन् । नवीकरण सम्बन्धि प्रावधान खुकुलो बनाउन माग बिहीबार गर्दै व्यवसायीले प्रदर्शन गरेका हुन् ।
औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा ५ खारेज गर्नुपर्ने कोशी प्रदेशका औषधि व्यवसायीको माग छ ।
व्यवसायीले उपदफा ५ खारेज गर्नुपर्ने माग गरेका छन् । संघका मोरङ अध्यक्ष देशबन्धु ढकाल पेसागत सुरक्षामाथि समस्या हुने भएकाले प्रावधान सच्याउन माग गरिएको बताए । आन्दोलन चरणवद्ध रूपमा गर्ने उनले बताए ।
केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ ले औषधिको दर्ता सम्बन्धि प्रावधान कसिलो बनाएको थियो । यो ऐन गत साउन २४ गते प्रमाणीकरणपछि कार्यान्वयनमा छ ।


















