मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको  मृत्यु

14

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ स्थित सडकमा बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट  पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here