विभिन्न स्थानमा दुर्घटना

9

काठमाडौं ।  कपिलवस्तु, मायादेवी गाउँपालिका-१ बर्रोहियास्थित सडकमा लु. १८ प ८७६९ नम्बरको मोटरसाइकललाई लु. प्र.०१-००१ ख ०६८३ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ डुमररा बस्ने २४ वर्षीय ओसामा मोहमद मुसलमानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, हरिनगरा गाउँपालिका-१ चप्राहीस्थित सडकमा प्र.१-०२-०४८ प ८०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना  हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय अफरोज अंसारीको मृत्यु भएको   छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते  भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटस्थित सडकमा क.१ प १२१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ठुलिभेरी नगरपालिका-४ पिप्ला बस्ने ३५ वर्षीय नेत्र रोकायको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी हस्पिटल काठमाडौंमा थप उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here