मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न आह्वान

4

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को साधारणसभा उद्घाटन गर्दै मन्त्री खरेलले राजनीतिक दल र नेताको दास, अन्धभक्त र हनुमानको रुपमा प्रस्तुत नभई निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्न सक्ने नेतृत्व चयन गर्न आह्वान गरेका छन् ।

मुलुकले परिवर्तन खोजेको अवस्थामा परिवर्तनका लागि मतदान गर्न उनले आग्रह गरे । सञ्चारमन्त्री खरेलले मुलुकको राजनीति आफ्नो परिवार र गुटका साथै सत्तामा पुग्न गठबन्धनमा केन्द्रित भएका कारण देश बन्न नसकेको बताए  । उनले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन भएपछि सहज रुपमा नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे ।

उनले पदमा कति समय रहने भन्ने भन्दा पनि पदमा रहेर गरेको कामको महत्त्व बढी हुने जनाए । आफू छोटो समय सरकारमा रहे पनि आफ्नो कर्मलाई प्रभावकारी बनाउन ध्यान दिएको उनको धारणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here