काठमाडौं । पार्टीको कार्यक्रमका लागि गोरखा पुगेका रास्वपा नेताहरु चढेकाे गाडी तोडफोड गरिएको छ। गोरखाको भिमसेनथापा गाउँपालिका ३ काे वडा अधिवेसनका लागि पुगेका नेताहरु चढेकाे गाडीमाथि तोडफोड गरिएको हो ।
साे गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाव सदस्य प्रकाश लामिछाने गाेरखा पुगेका थिए ।
पार्किङ गरेर राखेरको गाडीमा अज्ञात समूहबाट मध्यरात आक्रमण भएको रास्वपा नेता प्रकाश लामिछानेले बताए । आजको भेला लागि आफूहरू जुटेको बेला कारमाथि आक्रमण भएको खबर पाएको उनले जनाए ।
लामिछानेकाअनुसार कार राति ९ बजे आसपास फोडिएको हुन सक्ने स्थानीयताले बताएका छन् । अहिले प्रहरीले घटनाको मुचुल्का गरिरहेको पनि लामिछानेले जानकारी गराए ।
घटनास्थल नजिकैकाे प्रहरीका कार्यालय आरुघाटले बागमति प्रदेश ०१०२५ च ७०३० नम्बरकाे कारमाथि आक्रमण भएकाे जनाएकाे छ। कार रास्वपा केन्द्रीय सदस्य धनेज थापाकाे भएकाे प्रहरीले जनाएकाे छ। थापा पनि साेही कार्यक्रमका लागि गएका नेता हुन् ।
आज बिहान ९ बजेतिर आक्रमणबारे जानकारी पाएको र वडा भेला प्रभावित भएको रास्वपा केन्द्रिय सदस्य एवम् समानुपातिक उम्मेदवार प्रकाशचन्द्र परियारले जनाए ।
‘वडा भेलाको तयारी चल्दै थियो हामी काठमाडौंबाट चढेर आएको कारमाथि आक्रमण गरिएको थाहा पायौँ,’ नेता परियारले सिधाकुरासँग भने । घटनाको अनुसन्धान गर्न प्रहरीले थालेकाले अबको केही बेरमा वडा भेला सुरु हुने पनि रास्वपा गोरखाका नेताहरूले जनाएका ।


















