काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ ।
सोमबार र मंगलबारको तुलनामा नेप्सेमा कारोबार रकम भने घटेको छ । सोमबार १६ अर्बभन्दा माथि पुगेको कारोबार रकम मंगलबार केही घटेर १४ अर्बमा सीमित भएको थियो । बुधबार भने ११ अर्ब ४९ करोड रुपैयाँ मात्रै कारोबार भएको छ ।
मंगलबार २७२६.५१ बिन्दुमा बन्द भएको बजार बुधबार भने २७३१.८९ अंक पुगेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये फाइनान्स १.२४ प्रतिशत बढेको छ भने जलविद्युत् ०.९९ प्रतिशतले उकालो लागेको छ ।
त्यस्तै इन्भेस्टमेन्ट उपसूचक ०.१६ प्रतिशतले ओरालो लाग्दा माइक्रोफाइनान्स सूचक भने ०.१४ प्रतिशतले घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढ्यो भने गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ८ प्रतिशतले घटेको छ ।
बुधबार नेप्सेमा ३ सय ३४ कम्पनीको २ करोड ३६ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ ।


















