मध्यपूर्वबाट ८२ हजार सय नेपाली फर्कन इच्छुक

18

काठमाडौं । इजरायल र अमेरिकाले इरानस“ग जारी राखेको युद्धका कारण ८२ हजार नेपाली देश फर्कन इच्छुक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयको कन्सुलर सेवा विभागअन्तर्गत अनलाइन दर्ता प्रणालीमा मध्यपूर्वबाट ८२ हजार सय नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले अनलाइन प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले आफूहरू असुरक्षित भएको भन्दै नाम दर्ता गरेको जानकारी दिए ।

युद्ध चर्किंदै गएको र पछिल्ला दिन आफूहरू देश फर्कन इच्छुक रहेको भन्दै नाम दर्ता गराउने बढे पनि असुरक्षित महसुस गरेर नाम दर्ता गराउनेको संख्या भने घटेको क्षेत्रीले जानकारी दिए ।

इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावबीच मध्यपूर्वका विभिन्न देशबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गरे । उनका अनुसार अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृति विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको छ । मन्त्रालयले आफ्ना १० वटै नियोगमार्फत समस्यामा परेका नेपालीको अवस्था’bout निरन्तर जानकारी लिने र आवश्यक समन्वय कार्य भइरहेकोसमेत जनाएको छ ।

ब्रिफिङक्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी पनि दिए । जेद्दामा रहेका ५२ हजयात्रीसमेत स्वदेश फर्किसकेको उनको धारणा छ । मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै उनले आवश्यक परेको खण्डमा उद्धारका लागिसमेत तयार रहेको जनाए ।

पश्चिम एसियामा जारी द्वन्द्वक्रममा एक नेपाली होर्मुजमा पक्राउ परेका छन् । इरानले होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । होर्मुज क्षेत्रमा नेपाली नागरिक अमृत झा पक्राउ परेको मन्त्रालयले जानकारी दिएकाे छ ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रमा पानीजहाजमा काम गर्नेक्रममा इरानले जहाजका सबै क्रुमेम्बरलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । इरानले जहाजबाट नियन्त्रण लिनेक्रममा उनी पक्राउ परेको आफन्तले परराष्ट्रलाई जानकारी गराएको खड्काले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here