काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले आगामी साधारण सभा तथा निर्वाचन प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालय केही दिन बन्द रहने जनाएको छ ।
एन्फाले एक विज्ञप्ति जारी गर्दै चैत १३ गते झापामा हुने साधारण सभा तथा अर्ली इलेक्सनको तयारीका कारण मंगलबारदेखि सातदोबाटोस्थित एन्फा सचिवालय बन्द रहने बताएको हो । यसअघि सोमबार एन्फा र राष्ट्रिय खेलकुद परिषद्-राखेपबीच एन्फाको निर्वाचनसम्बन्धी विवाद समाधान गर्न भएको छलफल बिना निष्कर्ष टुंगिएको थियो ।
विविध विवादका कारण चैत १२ गते हुने हङकङविरूद्धको मैत्रिपूर्ण खेल स्थगित भएको छ भने अभ्यागमन विभागले विदेशी खेलाडीको श्रम स्वीकृतिको विषयमा प्रश्न उठाएपछि पुरूषको राष्ट्रिय लिग र महिला लिग स्थगित भएका छन् ।


















