संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित

11

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

पार्टी प्रवक्ता मनिष झाले बिहिवार बसेकाे बैठकले सर्वसम्मत पारित गरेको हो ।

प्रवक्ता झाले भने, ‘पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता चयन गर्न गर्नुभएको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ ।’

अब पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता हुन लागेका छन् ।

बैठक बसेको पाँच मिनेटमै प्रस्ताव राखेपछि सर्वसम्मत रुपमा पारित गरिएको छ । लगत्तै संसदीय दलको बैठक बस्न लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here