काठमाडौं । प्रतिनिधि सभा बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए । रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर रोकेका थिए ।
तर आशिका शान्त नभएपछि रन्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बाहिर लगेका छन् ।


















