– रिदेन महर्जन
नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास केलाउने हो भने वि.सं. २००६ साल वैसाख १० गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य र एक जना महिला नेतृ मोतीदेवी श्रेष्ठसमेत ६ जनाको प्रयासमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको इतिहास हामी सबैलाई जानकारी छ ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा युरोपेली राष्ट्र, रुसी क्रान्ति, चिनिया क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह र नेपालको राणाशासन विरुद्धको जनसङ्घर्षबाट प्रभावित बनेको विश्लेषण गरिदै आएको छ । तर यहाँ विर्सनै नहुने कुरा के हो भने, नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरु छ जना नै नेवार समुदायका व्यक्तित्वहरु हुनु हुन्छ । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेवार समुदायलाई मात्र समेटेर नेपाल कम्युनिष्ट पार्टी गठन गर्ने जातिय सोच अवश्य पनि बनाउनु भएको थिएन भन्ने सकिन्छ । कम्युनिष्ट पार्टी भन्ने वित्तिकै माक्र्सवादी दर्शनको राजनीति हो भन्ने कुरा स्पष्ट हुन्छ । माक्र्सवादले जातिय संकुचनमा बसेर राजनीति गर्ने शिक्षा दिदैन । माक्र्सवाद वर्गीय चिन्तन हो भन्ने कुरा माक्र्सवादको ‘कखरा’ पढेका सबैलाई जानकारी भएको विषय हो । तर वर्तमान नेपालका कम्युनिष्टहरुको राजनीति जातिय संकुचनमा फसिरहेको देख्न सकिन्छ ।
६ जना नेवार समुदायका युवाहरुले गठन गरेको नेपाल कम्युनिष्ट पार्टी हालका दिनमा बाहुन र क्षेत्र�



