भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

272

भक्तपुर– भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णोद्धार सकिएको छ। पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो। पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन्। पोखरी मंगलबारदेखि नै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ।

पोखरी पहिले नेपाली सेनाको कब्जामा थियो। साथै घाँसे मैदानको रूपमा थियो। तर अहिले त्यही पोखरीलाई आकर्षक बनाइएको छ। रानीपोखरी १५ सय रोपनी ५ आना २ पैसा नापीमा उल्लेख छ। यसको उत्तरमा तीन सय ७७ फिट, दक्षिणमा तीन सय ७६, पूर्वमा दुई सय २१ फिट र पश्चिममा दुई सय २० फिट रहेको छ।

रानीपोखरीको काम डिजाइनअनुसार नभइकन उत्खननको आधारमा अघि बढाएको थियो। रानीपोखरीमा पुनः निर्माण मात्र नभइ जिर्णोद्धार र नवनिर्माणको काम भएको भएको भक्तपुर नगरपालिकाले जनाएको छ। नागको अवशेष राख्ने ठा�