सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

29

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने जनाएका छन् ।

श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत जनाए । शनिवार संवाद डबलीमा ‘नेपाल–भेनेजुएला मैत्री सङ्घ’ को घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरूको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको जनाए । उनले कुनै पनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको जनाए ।

आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिविद्धताबारे अन्य देशहरूले भेनेजुएलाबाट सिक्नुपर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरुद्ध वि�