सिभिल बैंकको सौर्य कर्जा

168

काठमाडौं÷ सिभिल बैकले २.२५ प्रतिशत वार्षिक व्याजदरमा व्यक्तिगत सौर्य तथा ४.५ प्रतिशत वार्षिक व्याजदरमा व्यावसायिक सौर्य कर्जा प्रदान गर्ने भएको छ । बैकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक रामप्रसाद धितालले सौर्य कर्जा अनुदान योजनाको सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रासारण लाइन जडित कुनै पनि घर तथा व्यावसायिक कार्यालय, कारखानालाई उपलब्ध गराउन सकिने यो कर्जाअन्तर्गत सौर्य उपकरणको मूल्य ९० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने जनाइएको छ । सौर्य उपकरण नै धितोस्वरूप राखिने हु“दा घरजग्गा धितो राख्नुपर्ने र व्यक्तिगततर्फका लागि एक सय वाटदेखि एक हजार पा“च सय वाट क्षमतासम्म र व्यावसायिकतर्फ एक हजार पा“च सय वाट क्षमताभन्दा माथिको सौर्य उपकरणमा यो कर्जा उपलब्ध हुने जनाइएको छ । आवश्यक कागजात पेस गरेको दुई चार दिनमै सजिलै कर्जा उपलब्ध गराइने जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here